काठमाडौं, २५ माघ। नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले नेपालमा कांग्रेसको विकल्प कांग्रेस नै भएको बताएका छन् । आज लिखु गाउँपालिका वडा नम्बर २ मा पार्टी पार्टी प्रवेश गराउँदै नेता दाहालले यस्तो बताए।
लिखु गाउँपालिका वडा नम्बर २ को पार्टी कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रसँगै दाहालले विभिन्न पार्टीमा आवद्ध ३ दर्जन स्थानीय नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएको बताए।
देश र जनाताको भरोशायोग्य पार्टी नेपाली कांग्रेस मात्र रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसको जित भयो भने मात्र नागरिकले सुशासन र विकासको अनूभुति गर्ने नेता दाहालले बताए ।
कार्यक्रममा २३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। कम्युनिष्टको गढ मानीएको लिखु गाउँपालिकामा पछिल्लो समय कांग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

