• ट्रेण्डिङ्ग :
कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत

कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत


  • 2.2K
    SHARES
    • जेठ १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.4K Views

    कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत

    काठमाडौँ, १७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मापौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत हुनुभएको छ ।

    images

    पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको  विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
    । 

    बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मनुभएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएको हो । उहाँ २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै सङ्घको केन्द्रीय सदस्य र महामन्त्री हुनुभएको थियो । त्यसपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उहाँले काम गर्नुभएको थियो । 


    तेस्रो आँखा