• ट्रेण्डिङ्ग :
नेपाल निजामती कर्मचारी संगठन एकिकृत सरकारी कर्मचारीमा पुनर्गठन

नेपाल निजामती कर्मचारी संगठन एकिकृत सरकारी कर्मचारीमा पुनर्गठन


  • 13.6K
    SHARES
    • माघ २५, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 21.0K Views

    नेपाल निजामती कर्मचारी संगठन एकिकृत सरकारी कर्मचारीमा पुनर्गठन

    काठमाडौं, २५ माघ। नेकपा एकीकृत समाजवादी निकटस्थ निजामती कर्मचारी संगठनलाई पुनर्गठन गरिएको छ। यसलाई पुनर्गठन गरी नयाँ नामाकरणसमेत गरिएको छ। अब यो संगठनको नाम एकीकृत सरकारी कर्मचारी संगठन रहने छ।  

    images

    गत १५ गते नेपाल निजामती कर्मचारी संगठनको भेलाले संयोजक, एक महासचिव सहित ३५ सदस्यीय सचिवालय र २०१ सदस्यीय राष्ट्रिय अधिवेशनमा आयोजक समिति गठन गरेको छ।

    भेलाले ट्रेड युनियनभित्र देखिएका अर्थवाद, अवसरवाद र अराजकतावादको अन्त्य गर्दै जहाँ सरकार त्यहाँ सौदावाजी गर्न पाउनेगरी स्थानीय, प्रदेश निजामती र संघमा रहेका कर्मचारीहरु आवद्ध एकिकृत ट्रेड युनियनको अवधारणा अवलम्बन गर्ने निश्कर्ष निकालेको छ।

    संगठनले नयाँ शिरा, नयाँ उचाई र नयाँ ढंगले नेपाल निजामती कर्मचारी संगठनलाई  एकीकृत सरकारी  कर्मचारी संगठन, नेपालको नाममा पूर्नगठन गरि यसलाई क्रियाशिल, अझै बढी प्रतिवद्ध, अझै एकतावद्ध ढंगले अगाडी बढ्ने पनि जनाएको छ।

    एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले मंगलबार पत्रकार भेटघाट कार्यक्रम गरी माघ १५ गतेको राष्ट्रिय भेलाले जारी गरेको घोषणा पत्र सार्वजनिक गरेको थियो ।  


    तेस्रो आँखा