• ट्रेण्डिङ्ग :
स्थापना दिवसमा नागरिक संवाद

स्थापना दिवसमा नागरिक संवाद


  • 2.6K
    SHARES
    • जेठ १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.1K Views

    स्थापना दिवसमा नागरिक संवाद

    तुलसीपुर, १९ जेठ/मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवसको अवसरमा शनिबार सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक विषयक नागरिक संवाद तुलसीपुरमा सम्पन्न भएको छ । नागरिक संवादले सुशासन प्रबद्र्धनमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुनु र थप जवाफदेहि बनाउन मद्धत गर्ने बताएका छन् ।

    images

    नेपाली कांग्रेस दाङका देवा डाँगीले बिधान नै सर्बोच्च कानुनमा सुशासनको कुरा समेत उल्लेख गरिएको बताउनुभयो । बिधानले पार्टीमा आबद्ध हरेक नेता, पदाधिकारी, समितिका सदस्य तथा सक्रिय सदस्यमा सुशासन चरित्र प्रदर्शन गर्नुपर्ने उल्लेख रहेको बताउनुभयो । उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ । नेकपा एमालेका जिल्ला कमिटि सदस्य युवा कराराले नेतृत्व तहले चरित्र सुधार गर्न नसक्दा आलोचना खेप्नुपर्ने अबस्था सृजना भएकाले अब पार्टी भित्र खवरदारीको आबश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, शान्ति समाजले सेवा प्रदाय निकायलाई थप जिम्मेवार बनाउन अभियान संचालन गर्नुपर्ने सुझाब दिनुभयो ।

    नेकपा माओवादीका नेता डिल्ली अधिकारीले केही नेतामा सुशासनको चरित्र छैन तर पार्टीको कार्यकर्ताका कारण त्यसको बिरोध गर्न नसक्ने अबस्था देखिन्छ । अब सुशासन प्रवद्र्धनका लागि आलोचना तथा खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

    सो अवसरमा अधिकार मात्र खोजी होइन कर्तब्यको बोध पनि आबश्यक रहेको, सुशासन र अधिकारका बारेमा गाँउका नागरिक र उपभोक्तालाई पनि सचेतना बृद्धि गर्नुपर्ने, अपाङ्ताको अधिकार, दलितको अधिकार, जेष्ठ नागरिकको अधिकार, यौनिक तथा अल्पसंख्यक समुदायको अधिकार, महिलाको अधिकार लगायतलाई सामाजिक न्याय दिने गरि अभियान र कार्यक्रम गरि राज्यलाई बोध गराउन सहभागीहरुले शान्ति समाजलाई सुझाब दिएका छन् ।

    शाखाका सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य तुलसीराम सुनार, महिला अधिकारकर्मी सुष्मा गिरी, तुलसीपुर चेम्वर अफ कर्मसका महासचिव प्रेम प्रकास गिरी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष देवबहादुर केसी, एन प्यावसनका केन्द्रीय सदस्य प्रकास कुमार शर्मा, सहायता केन्द्र नेपालका खेम सेन्चुरी, नेपाल रेडक्रस सोसाईटीका भीमलला मरासिनी, राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा, नेपाल पत्रकार महासंघका सहसचिव दिप्ती शिखा चौधरी, अपाङ समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरी बहादुर खडका, शान्ति समाजका निर्वतमान सभापति नविन पोख्रेल लगायतले बिभिन्न सुझाब दिनुभएको थियो ।

    कार्यक्रममा नागरिक समाजको हस्तक्षेप आबश्यक बिषयक नागरिक संवाद बिषक अवधारणा पत्र प्रस्तुत केन्द्रीय सचिव निर्मल नेपाली, सबै बक्ताको बिचार, सुझाव र आलोचनाको संक्षेपीकरण निवर्तमान केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेतले गर्नुभएको थियो । शाखा सदस्य तिलसरा पुनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।


    तेस्रो आँखा