• ट्रेण्डिङ्ग :
दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एकको मृत्यु 

दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एकको मृत्यु 


  • 5.1K
    SHARES
    • जेठ २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.9K Views

    दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एकको मृत्यु 

    तुलसीपुर, २० जेठ/ दाङमा शनिबार बेलुका हावाहुरीसहितको पानीले घर भत्किदा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं।१२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।

    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो । खत्री श्रीमतिसहित उक्त घरमा बस्दै आएका थिए ।

    तर, श्रीमति भाग्न सफल भएकाले सकुसल रहेकी छन् । उनको घरको पूर्वतर्फको भाग भत्किएको थियो । उनका एक छोरा र एक छोरी अन्तै बस्दै आएका छन् । पाँच बर्ष अघि उक्त घर बनेको थियो ।


    तेस्रो आँखा