तुलसीपुर, २० जेठ/पश्चिमदाङको पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु भएको छ । छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर दाङ तुलसीपुर उपमहानगरपालिका ४ बनहरीका निवासी ३० दिपक न्यौपानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।
साथीहरुसंग छहरामा पिकनिक खान गएका न्यौपाने शनिवार बेलुका साढे ४ बजेरतिर छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घटना बारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
