• ट्रेण्डिङ्ग :
घोराही ‘उपमहानगरपालिका’ लाई बाबुरामको व्यङग्य 

घोराही ‘उपमहानगरपालिका’ लाई बाबुरामको व्यङग्य 


  • 20.2K
    SHARES
    • माघ २६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 31.1K Views

    घोराही ‘उपमहानगरपालिका’ लाई बाबुरामको व्यङग्य 

    काठमाडौं, २६ माघ । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दाङको घोराही उपमहानगरको विकास निर्माणको अवस्थाप्रति व्यङग्य  गरेका छन् ।

    images

    खानेपानीको असहजता मेटाउन नसकेको भन्दै डा. भट्टराईले महिलाहरुले तीन घण्टासम्म थाप्लोमा गाग्री बोक्नु परेको तस्वीरसमेत सार्वजनिक गरेका छन् । बुधबार ट्विट गर्दै डा. भट्टराईले थाप्लोमा गाग्री बोकिरहेको दृष्य सार्वजनिक गर्दै घोराही उपमहानगरले बोक्न लगाएको भन्दै व्यङग्य गरेका छन् ।

    बाबुराम भट्राईले लेख्छन् ‘ खानेपानी समेत घरघरमा पुर्याउन नसक्ने र महिलालाई बज्यैको पालामा झैं तीनघण्टा थाप्लोमा गाग्री बोक्न लगाउने ‘उपमहानगरपालिका’( दांग घोराही) रे! ‘क्रान्तिकारी’ नेताहरू चाहिं MCC र शराबको शिशी बोक्नमै मस्त! अनि आउने भो ‘समाजवाद’!जुन गोरूको सिंग छैन उसको नाम तीखे! Shame!Shame!'

     


    तेस्रो आँखा