• ट्रेण्डिङ्ग :
भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह


  • 3.9K
    SHARES
    • जेठ २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.1K Views

    भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह

    काठमाडौँ, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिनुभएको छ ।

    images

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । उहाँले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

    “हामीले  सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ । कुनै एउटा समस्या आउने बित्तिकै महिनाँै सदन अवरूद्ध हुन्छ”, सांसद दाहालले भन्नुभयो, “विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले तरिकाले पेस हुन पाइँदैन ।”


    तेस्रो आँखा