दाङ २६ जेठ/दाङमा बस र अटो एक आपसमा ठोक्किदा अटोमा सवार पाँच जना घाइते भएका छन् ।
शनिबार दिउँसो ४ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेहरुको परिचय खुल्न बाँकी रहेको प्रहरी निरीक्षक थापाले बताए।
