तुलसीपुर २७ जेठ/तुलसीपुरकी एक सुत्केरी महिलाको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। १ भमके निवासी २७ बर्षीय सर्मिला विकको अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको हो ।
विकले शनिबार साँझ ६ः४८ बजेतिर पवननगर स्वास्थ्य चौकीमा सामान्य तरिकाले छोरालाई जन्म दिएकी थिइन् । बच्चा जन्मिसकेपछि साँझ ७:४८ मा साल निकालियो । साल निकाले लगतै ति महिलामा रक्तश्राव हुन थालेपछि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको थियो ।
प्रादेशिक अस्पतालमा औषधि उपचार गरी रगत चढाउँदा समेत रक्तश्राप नरोकिएपछि शनिबार बेलुका साढे ८ बजेतिर ति महिलालाई उपचारकालागि राप्ती स्वास्थ्य प्रतिष्ठानमा रेफर गरिएको थियो ।
प्रतिष्ठानमा उपचारका लागि लैजादै गर्दा उनको राति ९ बजेतिर बाटोमै मृत्यु भएको हो । विकको यसअघिको एउटा ३ वर्षको छोरी छिन् । अहिले जन्मिएको छोराको अबस्था भने सामान्य छ ।
