काठमाडौं, २७ माघ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ।
शुक्रबार र शनिबार बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
यसअघि माघ २७ गतेकाे बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो। बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो। तर अघिल्लो दिन बैठक स्थगित गरिएको हो।
