• ट्रेण्डिङ्ग :
स्थानीय चुनावको तयारीमा लाग्ने निर्णयसहित राप्रपा पदाधिकारीको बैठक सकियो

स्थानीय चुनावको तयारीमा लाग्ने निर्णयसहित राप्रपा पदाधिकारीको बैठक सकियो


  • 8.9K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    स्थानीय चुनावको तयारीमा लाग्ने निर्णयसहित राप्रपा पदाधिकारीको बैठक सकियो

    काठमाडौं, २७ माघ। राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सम्पन्न भएको छ। पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएपनि कमल थापाको विषयलाई चर्चामा नल्याइएको महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए।

    images

    पार्टीका सबै पदाधिकारी र काठमाण्डौमा उपलब्ध शिर्षस्त नेताहरुसमेत सहभागी बैठकमा पार्टीको विस्तारित बैठक,आमसभा र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको उनले बताए। विस्तारित बैठक र आमसभा सम्पन्न नभएका प्रदेशहरुमा आगामी फागुन १५ भित्र विस्तारित बैठक र आमसभा गरिसक्ने निर्णय गरेको छ।

    यस्तै, फागुन ११ मा केन्द्रीय समितिको बैठक बस्ने र स्थानीय तहको निर्वाचनको तयारीका लागि लाग्न सबै जिल्लातह पार्टी संरचनालाई निर्देशन गर्ने निर्णय गरिएको गुरुङले बताए। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकमा पूर्वअध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीकोसमेत सहभागिता रहेको थियो।


    तेस्रो आँखा