• ट्रेण्डिङ्ग :
एमसीसी अनुमाेदनका विषयमा जुटेन सहमति

एमसीसी अनुमाेदनका विषयमा जुटेन सहमति


  • 5.5K
    SHARES
    • माघ २८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    एमसीसी अनुमाेदनका विषयमा जुटेन सहमति

    काठमाडाैं,२८ माघ । एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा  समस्याकाे जड बनेकाे छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्। 

    images

    गठबन्धनका मुख्य तीन दलका नेताबीच यही विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका थिए। देउवा र दाहालले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपश्चात् तीन नेताको पहिलो जमघट हो यो। दाहालले एमसीसीको विषय चुनावपछि लैजाने प्रस्ताव गरेको बालुवाटार स्रोतले बतायो। 

    दाहालको प्रस्ताव थियो, ‘पत्र सार्वजनिक भएसँगै पार्टीभित्र समस्या सिर्जना भएको। साथीहरूको धारणा पनि सुन्नुपर्ने हुनाले बरु निर्वाचनपछि एमसीसीको विषयलाई जोडौं।’ दाहालकै पछि लागेका नेपालले अहिले एमसीसीको पक्षमा जान नसकिने जवाफ प्रधानमन्त्री देउवालाई दिएका थिए।


    तेस्रो आँखा
    लेखकबाट थप