• ट्रेण्डिङ्ग :
संविधानले सबै समुदायका उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

संविधानले सबै समुदायका उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा


  • 3.7K
    SHARES
    • आषाढ १, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.7K Views

    संविधानले सबै समुदायका उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

    लुम्बिनी, १ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताउनुभएको छ । 

    images

    भूमे पर्व (भुम्या पर्व) २०८१ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले पर्वले सबै नेपालीमा सकारात्मक सोचको विकास गरी भ्रातृत्व, एकता, सद्भाव र मेलमिलापको वातावरण सृजना एवं देश निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।   

    उहाँले विज्ञप्तिमा परापूर्वकालदेखि प्रकृतिपूजक मगरहरूले मानवीय क्षति नहोस् र प्राकृतिक विपत्ति नआओस् भनी भूमिपूजा अर्थात् प्रकृतिको पूजा गरी भूमे पर्वको सुरुआत गरेको उल्लेख गर्नुभएको छ । 


    तेस्रो आँखा