मस्काे । दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार जानकारी गराएको छ । “रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरूले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन् । बन्धकको रिहाइका लागि वार्ता भइरहेको छ,” जेल प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । राष्ट्रिय समाचार संस्था, तासका अनुसार बन्धक बनाउनेहरू आतङ्कवादको आरोपमा अदालतमा उपस्थित गराउन बाँकी रहेका आइएसका सदस्यमध्ये हुन् । जि
हादी सङ्गठनले दावी गरेको थुप्रै आक्रमणका लागि रूस लक्षित भएको छ । मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरूले मार्च २२ मा गोली चलाउँदा कम्तिमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए । यो आक्रमण दुई दशकमा रूसी भूमिमा भएको सबैभन्दा घातक आक्रमण थियो । आइएसले आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि पूर्व सोभियत गणतन्त्र ताजिकिस्तानका चार संदिग्ध आक्रमणकारीसहित २० जनाभन्दा बढीलाई पक्राउ गरिएको हो ।
