• ट्रेण्डिङ्ग :
चट्याङ लागेर प्रजाको मृत्यु

चट्याङ लागेर प्रजाको मृत्यु


  • 4.7K
    SHARES
    • आषाढ ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.3K Views

    चट्याङ लागेर प्रजाको मृत्यु

    बागमती, ३ असार/वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आज एक जनाको मृत्यु भएको छ । 

    images

    आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजेतिर अचानक चट्याङ लागेर मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्की निवासी ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    चट्याङ लागेर गम्भीर घाइते प्रजालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 


    तेस्रो आँखा