• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर


  • 4.7K
    SHARES
    • आषाढ ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.2K Views

    राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

    बर्लिन (जर्मनी), ३ असार । जर्मनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।    
        
     स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आउनुभएको हो ।

    images


    तेस्रो आँखा