• ट्रेण्डिङ्ग :
५८ वर्षीया बृद्धा मृत फेला

५८ वर्षीया बृद्धा मृत फेला


  • 3.7K
    SHARES
    • आषाढ ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.7K Views

    ५८ वर्षीया बृद्धा मृत फेला

    तुलसीपुर ५ असार । तुलसीपुरमा एक ५८ वर्षीया बृद्धा मृत फेला परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ ग्वारखोला निवासी ५८ वर्षीया ठगी खनाल आफ्नै घरमा मृत फेला परेकी हुन् । 

    images

    बुधबार बिहान ७ बजेसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । साढे ७ बजेको समयमा प्रहरी टोली त्यहाँ पुगेर ढोका खोल्दा खनाल आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

    खनाल पहिलेदेखि नै बिरामी रहेको स्थानीयले बताएका छन् । उनको श्रीमान नरहेको र छोराहरु संग छुट्टिएर एक्लै बस्दै आएकी थिइन् । 


    तेस्रो आँखा