• ट्रेण्डिङ्ग :
विप्लवसँग भएकाे तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार सकारात्मक

विप्लवसँग भएकाे तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार सकारात्मक


  • 6.1K
    SHARES
    • माघ २९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    विप्लवसँग भएकाे तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार सकारात्मक

    काठमाडौं, २९ माघ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच छलफल भएकाे छ।

    images

    सरकार र नेकपाबीच भएकाे तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । 

    माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको उनकाे भनाइ छ। 'केही विषय टुंगिएका पनि छन्, केही टुंगिने क्रममा छन्। आशा छ छिटै निष्कर्ष निस्केला,’ प्रवक्ता विश्वकर्माले भने। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँणले निरन्तर वार्ता गरिहेका छन्।

    छलफलमा सरकारका तर्फबाट गृहमन्त्री गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए। 

    वार्तामा २० फागुन २०७७ नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहाद्रपूर्ण तरिकाले छलफल भएकाे प्रवक्ता पोखरेलले बताए। 

    मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको बताए। वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका छन्। सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए। 

     

     


    तेस्रो आँखा