• ट्रेण्डिङ्ग :
प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित

प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित


  • 4.3K
    SHARES
    • आषाढ ८, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.7K Views

    प्रदेशसभाद्वारा विनियोजन विधेयक बहुमतले पारित

    विराटनगर, ८ असार । कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ ।

    images

    बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेस गर्नुभएको थियो ।

    नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सविना बजगाईंले प्रस्तुत गर्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

    त्यसअघि विशेष समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न खडा हुननदिन प्रदेशसभा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेशका  धेरै ऐनमा त्रुटि भएकाले कार्यान्वयनमा समस्या हुने बताउनुभयो । “निजामती सेवा ऐन, यातायात सेवा ऐन, र प्रदेश प्रहरी ऐनमा  गम्भीर त्रुटि छन्,” उहाँले भन्नुभयो । 

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इन्द्रबहादुर आङबोले सार्वजनिक गरेको बजेट सन्तुलित छ भन्नुभयो । अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगन भएको छ ।


    तेस्रो आँखा