तुलसीपुर १० असार/दाङ चट्याङ्ग लागेर १० वर्षिय बालकको मृत्यु भएको छ । सोमबार बेलुका ६ बजेको समयमा चट्याङ्ग लागेर तुलसीपुर ४ खाद्रे निवासी बिक्रम बिकका १० वर्षिय छोरा सुबास बिकको मृत्यु भएको हो ।
बालकलाई आफ्नै घरको आगनमा बसेर मोबाइल चलाई रहेको अबस्थामा चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेर बेहोस भएका उनलाई उपचारको लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको समयमा करिब साढे ६ बजेको समयमा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
