• ट्रेण्डिङ्ग :
युनियनको तर्फबाट महासंघको अध्यक्षमा सुवेदी उम्मेदवार

युनियनको तर्फबाट महासंघको अध्यक्षमा सुवेदी उम्मेदवार


  • 6.3K
    SHARES
    • आषाढ ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 9.7K Views

    युनियनको तर्फबाट महासंघको अध्यक्षमा सुवेदी उम्मेदवार

    तुलसीपुर, ११ असार/ नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघ दाङकको अध्यक्ष पद्मा सन्तोष सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    images

    नेपाल प्रेस युनियनका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको कार्यदलको बैठकले महासंघका उपाध्यक्ष सुबेदीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।


    अध्यक्ष खड्काको संयोजकत्वमा गठित उम्मेदवार छनोट कार्यदलमा युनियका उपाध्यक्षहरु गोपाल शर्मा भट्टराई, किरण शाह, पार्वती बस्नेत र सचिव अमर क्षितिज भण्डारी छन् ।

    कार्यदलको बैठकले युनियनको नेतृत्व गर्दै सुबेदीलाई महासंघमा पठाउने निर्णय गरेपनि अर्कौ बैठकबाट अन्य उम्मेदवारहरुको टुँगो लगाउने निर्णय भएको सचिव भण्डारीले बताए । महासंघको निर्वाचन यही असार २२ गतेका दिन तोकिएको छ ।


    तेस्रो आँखा