• ट्रेण्डिङ्ग :
मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डमा २२ पुल निर्माण

मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डमा २२ पुल निर्माण


  • 3.0K
    SHARES
    • आषाढ १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डमा २२ पुल निर्माण

    झापा, १३ असार । मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । 

    images

    मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये नौ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उहाँले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताउनुभयो । छ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उहाँले बताउनुभयो । 

    मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन् । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ ।

    सूचना अधिकारी दत्तका अनुसार  नौ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ । सबै पुलको लागत रु छ अर्ब १२ करोड ६२ लाख ५४ हजार छ  । 

    यसैगरी,  सडकको भौतिक प्रगति भने न्यून रहेको छ । हालसम्म सडकतर्फको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ भने वित्तीय प्रगति ४५ दशमलव ८१ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले रु १० अर्ब १३ करोड लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको बताउनुभयो । 

    उहाँका अनुसार निर्माण व्यवसायीलाई काम सम्पन्न भएका अधिकांश आयोजनाको रु २९ करोड भुक्तानी दिन बाँकी  छ । पर्याप्त बजेट प्राप्त नहुँदा भुक्तानीमा विलम्ब भएको हो । 


    तेस्रो आँखा