• ट्रेण्डिङ्ग :
खोला किनारमा मत्ता हात्ती मृत भेटियो

खोला किनारमा मत्ता हात्ती मृत भेटियो


  • 3.1K
    SHARES
    • आषाढ १३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    खोला किनारमा मत्ता हात्ती मृत भेटियो

    झापा, १३ असार/मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा नं ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो । स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

    images

    उक्त खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त  टोली खोला किनारमा पुगेको छ । झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउने बताउनुभयो । 


    तेस्रो आँखा