• ट्रेण्डिङ्ग :
चार मेट्रिक टन फोहर व्यवस्थापन

चार मेट्रिक टन फोहर व्यवस्थापन


  • 6.5K
    SHARES
    • फाल्गुण १, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    चार मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौं, १ फाल्गुन । बागमती सफाइ महाअभियानको शनिबार ४५७औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

    images

    सफाइका अवसरमा वाग्मती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो । सो अवसरमा उनी पनि सफाइमा सहभागी भएका थिए । सफाइमा  अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिए । 

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारीको पनि सफाइमा संस्थागत सक्रियता थियो । सफाइका क्रममा अभियानकर्मीलाई गुर्जोको चिया सेवन गराइएको थियो । यसका लागि गुर्जो अभियानकर्मी राजेशमोहन प्रधान तथा अञ्जु राजलवटले सहयोग गरेका हुन । 

    यसैगरी मनोहरा सफाइ अभियानको २५६औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए । सफाइका क्रममा गुर्जो अभियानकर्मी प्रधान तथा राजलवटले चियाको व्यवस्था गरेका थियो । 

    विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान जारी छ । हप्तामा एक दिन शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी वाग्मती किनारमा सक्रिय हुने गरेका छन् । वाग्मतीबाट प्रभावित भई उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ ।

    यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । उपत्यकामा भने २५ स्थानमा सफाइ भइरहेको छ ।


    तेस्रो आँखा