तुलसीपुर १४ असार/इनार सफा गर्ने क्रममा फसेका पुरुषको शकुसल उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बनकट्टा निवासी छविलाल वलीको कुवा सफा गर्ने क्रममा इनारमै फसेका सोही ठाउँका करिब ५१ वर्षीय प्याउला चौधरीको शकुसल उद्धार गरिएको हो ।
शुक्रबार दिउँसो करिब साढे १ बजेको समयमा कुवा सफा गर्ने भनी करिब ३५ हात गहिरो इनारमा उनी फसेका थिए । इनारमा फसेका चौधरीको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा गएको १४ जनाको विपद् व्यवस्थापन टोलीले एक घण्टापछि चौधरीको सकुशल उद्धार गरेको हो ।
अहिले चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।
