• ट्रेण्डिङ्ग :
आज राष्ट्रिय धान दिवस, दाङमा १० प्रतिशत मात्रै रोपाइँ

आज राष्ट्रिय धान दिवस, दाङमा १० प्रतिशत मात्रै रोपाइँ


  • 6.3K
    SHARES
    • आषाढ १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 9.6K Views

    आज राष्ट्रिय धान दिवस, दाङमा १० प्रतिशत मात्रै रोपाइँ

    अञ्जना चौधरी,तुलसीपुर १५ असार/आज २१ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार वि.सं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।  आजका दिन असारे भाकामा लोकदोहोरी गित गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

    images

    असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वकारुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । राष्ट्रिय धान दिवसकै अवसरमा दाङलगायत देशैभर विभिन्न कार्यक्रम हुँदैछन् ।

    दाङमा करिब १० प्रतिशत मात्रै रोपाइँ

    दाङमा असार १५ सम्म १० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञानकेन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज अधिकारीअनुसार दाङमा यस वर्ष ३७ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै छ । यो गत वर्ष भन्दा कम हो । गत वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धानखेति भएको थियो । अहिलेसम्म ३ हजार ७२२.५ हेक्टर क्षेत्रफलमा अहिलेसम्म रोपाइँ भएको छ । यो कुल क्षेत्र फलको १० प्रतिशत हो । समयमै पानी नपर्दा किसानहरुले समयमै धानको विउ राख्न नपाएका कारण गत वर्षभन्दा यो वर्ष धान रोपाइँ ढिलो सुरु भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए । खासगरी देउखुरी क्षेत्रमा मात्रै रोपाइँ भएको छ ।

    सूचना अधिकारीकाअनुसार राप्ती गाउँपलिकामा सबैभन्दा धेरै धान रोपाइँ भएको छ भने दोस्रोमा लमही नगरपालिका र गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा रोपाइँ भएको छ । अन्य पालिकामा बबई नदीको आसपासमा भएका खेतहरुमा छिटपुट रुपमा मात्रै रोपाइँ भएको छ ।

    यो वर्ष जेठ महिनामा पानी नपरेकाले किसानले समयमै धानको व्याड राख्न नपाएकाले पनि यो वर्ष धान रोपाइँ कम भएको अधिकारीले बताए । ‘यो वर्ष पानी पनि ढिला प¥र्यो, किसानहरुले समयमै धानको व्याड राख्न पाउनु भएन, पहिले नै धानको व्याड राख्न पाएको भए अहिलेको पानीमा किसानहरुले धान रोप्नु हुन्थ्यो होला’ अधिकारीले भने ‘त्यसकारण गत वर्ष जस्तै यो वर्ष पनि कम रोपाइँ भएको छ’ । गत वर्ष पछि असार १५ सम्म दाङमा करिब १० प्रतिशत मात्रै धान रोपाइँ भएको थियो । 


    तेस्रो आँखा