काठमाडौं, १ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले राप्रपा छाडे पछि नयाँ पार्टी गठन आफ्नो लागि बाध्यात्मक भएको बताएका छन्।
आइतबार थापाले ट्वीट गर्दै आफू राप्रपा पार्टीबाट अलग भैसकेको अवस्थामा नयाँ सिर्जना बाध्यता भएको उल्लेख गरेका छन्।
‘म राप्रपाबाट औपचारीक रुपमा अलग भैसकेको छु। अब म त्यतीकै बस्ने कुरो पनि आएन।
तसर्थ मेरोलागि नयाँ सिर्जना बाध्यात्मक हो’, उनले भनेका छन् ‘पार्टीमा रहँदा मेरो कुरा नसुन्ने मलाई स्थान नदिने अहिले पूर्ण रुपमा पार्टी बाट अलग हुँदा पनि पार्टी फुटायो भनेर गालि गर्ने काम देख्दा अचम्म लाग्छ।’
पछिल्लो समय थापाले पार्टीबाट अलग भएर नयाँ पार्टी सिर्जना गर्न लागेको भन्दै उनको आलोचना भैरहेको छ। यही बीचमा उनको यो प्रतिक्रिया आएको हो।
उनले ट्वीटरमा यस्तो लेखेका छन्। 'हासोँ उठछ ! म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो ।'
हासोँ उठछ!
— Kamal Thapa (@KTnepal) February 13, 2022
म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो pic.twitter.com/ub7Wtam7N2
