• ट्रेण्डिङ्ग :
पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा

पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा


  • 6.9K
    SHARES
    • फाल्गुण १, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा

    काठमाडौं,  १ फागुन। आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन्।

    images

    कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो।

    संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वोच्चबाट बाहिरिएका हुन्। महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन्। 
     


    तेस्रो आँखा