• ट्रेण्डिङ्ग :
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वागतयोग्य : बार अध्यक्ष श्रेष्ठ

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वागतयोग्य : बार अध्यक्ष श्रेष्ठ


  • 6.7K
    SHARES
    • फाल्गुण १, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वागतयोग्य : बार अध्यक्ष श्रेष्ठ

    काठमाडौं, १ फागुन। नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरेको छ। बार लामो समयदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा छ।

    images

    जबरका कारण न्यायपालिकामा विचौलिया र विकृति विसंगति मौलाउँदै गएको बेला महाअभियोगको प्रस्ताव अघि बढाउनु स्वागतयोग्य कदम भएकाे बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

    बारले राणालाई बहिर्गमन गर्नुको कारणसहित दलहरूलाई १७ बुँदे आधार दिएको थियो। बारले राणाविरुद्ध महाअभियोग लगाउनुपर्ने आधार र कारण दलहरूलाई दिएको र सोही आधारमा यो प्रस्ताव अघि बढेको उनको दाबी छ। सदनबाट उक्त प्रस्ताव पास गराएर न्यायपालिका सुधारका लागि सहयोग गर्न सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई श्रेष्ठले आग्रह पनि गरेका छन्।

    राणाको बहिर्गमनको माग गर्दै बार १०७ दिनदेखि आन्दोलनमा छ। जबराको बहिर्गमन नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ। प्रधानन्यायधीश राणाविरुद्ध प्रतिनिधिसभाका एक चौथाइ सदस्यले आइतबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । 

     

     


    तेस्रो आँखा