• ट्रेण्डिङ्ग :
राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान


  • 3.5K
    SHARES
    • आषाढ १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.4K Views

    राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

    काठमाडौँ, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ । 

    images

    पार्टी कार्यालय च्यासलमा आज भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो ।
         
    साथै बैठकले संविधानको धारा ७६ (२) बमोजिम सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनुरोध गरेको छ । 

    पार्टी सचिव योगेश भट्टराईका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिको बैठकले स्वागत गरेको छ । साथै बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका निम्ति बुधबारसम्ममा मार्गप्रशस्त गर्न आग्रह गरेको छ । 


    तेस्रो आँखा