• ट्रेण्डिङ्ग :
संघीय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट

संघीय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट


  • 3.6K
    SHARES
    • आषाढ १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.6K Views

    संघीय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट

    काठमाडौं, १९ असार । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुलसँग शिष्टाचार भेट गरेका छन् । 

    images

    मलेसियन संसद भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीति मार्फत नेपाल र मलेसिया बिचको मैत्रीपुर्ण सम्बन्ध थप उचाइमा पुर्याउनु पर्ने धारणा राख्नु भयो । 

    सांसद ढकालले नेपालको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरिको तर्फवाट मलेसियन सभामुखलाई शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गर्नु भयो भने मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसँगको मैत्रीपुर्ण सम्बन्धलाई उच्च महत्वमा राखेको बताउदै अनुकुल समयमा नेपालको भ्रमण गर्छु भन्नु भयो । 

    सांसद ढकालले मलेसियामा ठुलो संख्यामा रहेका नेपालीहरुको हितको आवश्यक पहल र सदभाबको लागि सभामुख जोहरीसँग आग्रह पनि गर्नु भयो । भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको लागि अन्तरसंसदीय पहलकदमी अघि बढाउने र नेपाल-मलेसियाका जनप्रतिनिधिबीच निरन्तर संवाद विस्तार गर्ने बिषयमा पनि छलफल भयो । 

    पूर्वमन्त्रीसमेत रहेका ढकाल मलेसियाको ३ दिने मैत्रीपुर्ण भ्रमणमा छन् । ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् ।


    तेस्रो आँखा