तुलसीपुर, १९ असार । चना खाने क्रममा घाँटीमा अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा निवासी रुपा घर्तीका छोरा तीन वर्षीय राजेन्द्र घर्तीको घाँटीमा चना अड्किएर मृत्यु भएको हो ।
स्कुलबाट घर आएर चना खादै गर्दा उनको घाँटीमा चना अड्किएको थियो । बुधबार बेलुका ५ बजेको समयमा घाँटीमा चना अड्किएपछि उनलाई तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचारका लागि लगिएको थियो ।
चेकजाँचका क्रममा ५:१० मिनेटमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
