• ट्रेण्डिङ्ग :
सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैनः डा कोइराला

सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैनः डा कोइराला


  • 2.6K
    SHARES
    • आषाढ १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.0K Views

    सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैनः डा कोइराला

    इनरुवा, १९ असार । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्तिन नपर्ने बताउनुभएको छ । 

    images

    नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सत्तासमीकरण परिवर्तनपछि केही नेता र पार्टी आत्तिएका बताउनुभयो । 

    प्रतिनिधिसभा सांसद डा कोइरालाले सत्तासमीकरण बदलिएपछि विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आत्तिएको र त्यसैकारण लामिछानेले मङ्गलबार गलत प्रतिक्रिया दिएको उल्लेख गर्नुभयो । कांग्रेस–एमालेबीच समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन आलटाल गर्नु राम्रो नभएको पनि डा कोइरालाको भनाइ छ । 

    दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशङ्का व्यक्त भइरहेको भन्नुहुँदै उहाँले दुई पार्टीले राम्रो काम गरेर यस्ता आशङ्का चिर्नुपर्नेमा जोड दिनुभयो।  


    तेस्रो आँखा