• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरियो 

लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरियो 


  • 2.2K
    SHARES
    • आषाढ २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.4K Views

    लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरियो 

    दाङ २१ असार/ लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । बिहीबार नेकपा एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

    images

    सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले राजीनामा दिएका हुन् । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिए ।

    आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री र वन तथा वातावरण मन्त्री अर्जुन केसीले राजीनामा दिएको बताइएको छ । 


    तेस्रो आँखा