तुलसीपुर २२ असार/अविरल परेको वर्षाका कारण आएको बाढीले सेवार खोलाको डाईभर्सन बगाएको छ । डाईभर्सन बगाए संगै घोराही तुलसीपुर सडक अवरुद्ध भएको छ ।
अविरल रुपमा पानी रहेका र खोलामा पानीको वहाब बढि रहेका कारण तत्काल मर्मत गर्न नसकिने जिल्ला प्रशानक कार्यलय दाङले जनाएको छ । डाईभर्सन नबन्दासम्म बैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध गरेको छ । सेवार खोलामा चार लेनको पुल निर्माण भइरहेको छ ।
