• ट्रेण्डिङ्ग :
दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता

दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता


  • 3.9K
    SHARES
    • आषाढ २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.0K Views

    दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता

    दोलखा, २२ असार/ दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने  तीन वटा घर बगेका छन् ।

    images

    शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो ।

    वडाध्यक्ष शेर्पाका अनुसार बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आउनुभएको थियो । 


    तेस्रो आँखा