दाङ २२ असार/ दाङमा गएराती देखि परेको भिषण बर्षाका कारण आएको बाढीले दाङको देउखुरीका बस्ती डुबानमा पर्न थालेका हुन् । बाढीले प्रदेश मन्त्रालय जलमग्न भएका छन ।
त्यसैगरी राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ । बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षा निकायहरुले सुरक्षित स्थानमा सार्न थालेका हुन् ।
लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेको छ। यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँको भवन पनि डुबानमा परेको छ। कार्यालयको सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।
यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएको छ। नदी तटीय क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ।
