• ट्रेण्डिङ्ग :
तनहुँमा पहिरोले पुरिएका तीनै जनाको शव भेटियो

तनहुँमा पहिरोले पुरिएका तीनै जनाको शव भेटियो


  • 3.3K
    SHARES
    • आषाढ २३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    तनहुँमा पहिरोले पुरिएका तीनै जनाको शव भेटियो
    तनहुँ, २३ असार/तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको हो । 
     
    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले पुरिएर बेपत्ता भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको हो । शव परीक्षणका लागि अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिनुभयो ।
     
    हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो खस्दै गर्दा घरभित्रका सामान स्थानीयले निकाल्ने क्रममा पुरिएर तीन जना बेपत्ता भएका थिए । पहिरोमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 


    तेस्रो आँखा