• ट्रेण्डिङ्ग :
ऐतिहासिक धारा पुनः निर्माण

ऐतिहासिक धारा पुनः निर्माण


  • 2.6K
    SHARES
    • आषाढ २४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.0K Views

    ऐतिहासिक धारा पुनः निर्माण

    ललितपुर, २४ असार/ ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ । यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ । महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रुपमा सो धारा  पुनःनिर्माण गरिएको हो । उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिनुभयो । 

    images

    उहाँको अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रुपमा सञ्चालित छ । ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर–४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनः निर्माण गरिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकारसमाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमासमाजले नै धाराको संरक्षण गर्नेछ ।”

    महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनःनिर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो । जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नलाई तिर्खाएकोबेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ ।” 


    तेस्रो आँखा