• ट्रेण्डिङ्ग :
मुक्तकम्लहरीद्वारा सामूहिक धानखेती

मुक्तकम्लहरीद्वारा सामूहिक धानखेती


  • 4.6K
    SHARES
    • आषाढ २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.1K Views

    मुक्तकम्लहरीद्वारा सामूहिक धानखेती

    तुलसीपुर, २५ असार । दाङमा मुक्तकम्लहरीले सामूहिकरुपमा तिल्की धानखेती सुरु गरेका छन् । लोपोन्मुख तिल्की धान जोगाउन उनीहरुले सामूहिकरुपमै खेती सुरु गरेका हुन् । मुक्तकम्लहरीले सहकारीमार्फत सामूहिक खेती गरेका छन् । 

    images

    स्थानीय गन्यारी कृषि सहकारी संस्थामार्फत् यस वर्ष एक बिघा १५ कट्ठामा धानखेती गरिएको अध्यक्ष लक्ष्मी चौधरीले बताउनुभयो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सहयोगमा तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा उक्त धानखेती गरिएको हो । केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतकाअनुसार प्राङ्गारिक खेती हराउँदै गएकाले यसलाई संरक्षण गर्न खेती गरिएको हो । 

    तिल्की, सिम्ठारोजस्ता धान स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । तिल्की धानको चामल मिठो हुने र गर्मी खप्न सक्ने धानको रुपमा गाउँघरमा चिनिन्छ । यो जातको धान विगतमा दाङका स्थानीयबासीले लगाउने गर्थे । पछिल्लो समय हाइब्रिड धान कृषकको रोजाइमा परेपछि यो धान लोप हुने अवस्थामा पुगेको छ ।

    त्यस्तै रैथाने सिमठारो जातको धान पनि रोप्ने तयारी रहेको अध्यक्ष रावतले बताउनुभयो । उहाँले सबै खालका खेतीमा प्राङ्गारिक मल प्रयोग गर्ने गरेको बताउनुभयो । घोराहीको बेलुवामा पनि १३ कट्ठामा मुक्तकम्लहरीले सामूहिक धानखेती गरेका छन् । 


    तेस्रो आँखा