• ट्रेण्डिङ्ग :
दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता


  • 3.0K
    SHARES
    • आषाढ २६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता

    तनहुँ, २६ असार/ बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान  एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा  छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा  नदीमा बेपत्ता भएका हुन् ।
     
    कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिनुभयो ।  बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका  मानिसको भीड लाग्ने गर्दछ । 

    images


    तेस्रो आँखा