काठमाडौं, २ फागुन । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन चुनौती दिएका छन्।
संसदबाट महाभियोग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्यो सिट नपुर्याउने उनले बताएका हुन्। सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डा हटाएर उनी निवास फर्केका थिए।
निकटस्थसँग कुरा गर्दै उनले भने,‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याएर देखाउन।’ प्रमुख प्रतिपक्षी दल एमालेबिना महाभियोग पारित हुन नसक्ने भएकाले जबराले यस्तो प्रतिक्रिया दिएका हुन् ।
