• ट्रेण्डिङ्ग :
एमसीसीको निर्णायक दलहरु नै हुन् - सभामुख

एमसीसीको निर्णायक दलहरु नै हुन् - सभामुख


  • 6.1K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    एमसीसीको निर्णायक दलहरु नै हुन् - सभामुख

    काठमाडौं, २ फागुन। प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले एमसिसीका विषयमा निर्णायक भूमिका दलहरुकै रहने बताएका छन्।

    images

    सोमबार आह्वान गरीएको सर्वदलीय बैठक सकिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सभामुख सापकोटाले एमससीसीको निर्णय दलहरुमा निर्भर रहेको बताएका हुन्।

    ‘एमसीसीको निणार्यक भूमिका दलहरुको हो’, उनले भने ‘म त एम्पायर मात्र हो।’ दलहरुको सुझाबका आधारमा एमसीसीको विषयमा आफूले पनि धारणा बनाउने उनले बताए। आजको बैठकमा पनि यस विषयमा दलहरुको फरक फरक धारणा आएको उनको भनाइ छ।

    ‘आजको बैठकमा पनि एमसीसीको विषयमा पनि दलहरुका फरक-फरक धारणा आएका छन्’, उनले भने ‘दलहरुका यीनै धारणाका आधारमा मैले आफ्नो धारणा बनाउने छु।’

    फरक प्रसंगमा उनले संसदको गतिरोध अन्त्य चाहेको बताएका थिए। संसद सुरू गर्न आफूले छलफल गर्ने र आफूले निश्पक्ष भूमिका निर्वाह गर्ने उनले बताएका हुन् ।


    तेस्रो आँखा