काठमाडौं, २ फागुन । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा राप्रपाले सडक आन्दोलन गर्ने भएको छ।
एमसीसी सदनमा पेश गर्ने सत्तापक्षको तयारी भैरहदा मौन बसेको राप्रपाले आगामी चार गते सडकमै उत्रिएर विरोध गर्ने भएको हो।
आज बसेको पदाधिकारी बैठकले मंगलबार उपत्यकाका जिल्ला अध्यक्ष तथा जनवर्गीय संगठनको संयुक्त बैठक बसी थप कार्यक्रम तय गर्ने निर्णय गरिएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए।
उनले तेस्रो आँखासँग भने, ‘एमसीसीको विरुद्धमा चार गते सबै जनवर्गीय संगठनहरुले सडक आन्दोलन गर्नेछन, ‘त्यसमा पार्टीको समेत सहभागिता हुनेछ।’
साथै मंगलबारको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोगका विषयमा कसरी जाने भन्ने निर्णय गर्ने तामाङले बताए ।
