• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय


  • 2.8K
    SHARES
    • आषाढ २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.3K Views

    प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमत पार्टीको निर्णय

    काठमाडौँ, २७ असार । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।
         
    पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद हुनुहुन्छ ।
         
    जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गनेृ समेत निर्णय पनि गरेको छ । “प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ”, प्रवक्ता यादवले भन्नुभयो ।
         
    उहाँले कांग्रेस र एमालेबीचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने सङ्घीय सरकारको नेतृत्वलाई स्वीकार्ने निर्णय भएको बताउनुभयो ।

    images


    तेस्रो आँखा