• ट्रेण्डिङ्ग :
मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन

मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन


  • 4.9K
    SHARES
    • आषाढ २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 7.5K Views

    मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन

    काठमाडौँ, २७ असार । प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो ।
     
    सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराउनुभयो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ । 

    images

    प्रतिनिधिसभाको अर्को बैठक यही असार २८ गते बिहान ११ बजे बस्नेछ ।


    तेस्रो आँखा