• ट्रेण्डिङ्ग :
कांग्रेस संसदीय दलको बैठक बस्दै, मुख्य एजेण्डा महाअभियोग

कांग्रेस संसदीय दलको बैठक बस्दै, मुख्य एजेण्डा महाअभियोग


  • 7.5K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    कांग्रेस संसदीय दलको बैठक बस्दै, मुख्य एजेण्डा महाअभियोग

    काठमाडौं, ३ फागुन । सत्तासीन नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

    images

    आजको बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति रहेको छ । त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् ।

    गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । जबराविरुद्ध गलत समयमा महाभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमाले क्रुध छ । 

    एमाले संसदीय दलको बैठक सोमबार बसेको थियो ।  


    तेस्रो आँखा