दाङ, २८ असार । दाङमा जङ्गली च्यमउ खादा एक महिला गम्भिर बिरामी भएकी छिन् । शान्तिनगर गाउँपालिका - २ अमुवा निवासी राजु न्याैपानेकी श्रीमती २६ वर्षीया मिना न्याैपाने गम्भिर बिरामी परेकी हुन् ।
शुक्रबार बेलुका पाैने ६ बजेकाे समयमा जङ्गलबाट च्याउ ल्याएर पकाएर खाएपछि उनी बिरामी परेकी हुन् ।
न्याैपानेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकाे लागि राप्ती लाइफ केयर हस्पिटल माेतिपुरमा रेफर गरिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।
