काठमाडौं, ३ फागुन । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणी चौधरीले पर्यटनमन्त्री प्रेम आलेको अभिव्यक्तिबारे पार्टीमा छलफल हुने बताएका छन् ।
मन्त्री आलेले भारतमा बस्दै आएका एक युवकलाई अपशब्द प्रयोग गर्दै गाली गरेको अडियो सार्वजनिक भएको छ । उक्त अडियो सार्वजनिक भएपछि नेता चौधरीले उक्त अडियोबारेमा पार्टी भित्र छलफल हुने तेस्रो आँखालाई जानकारी दिए ।
‘सामाजिक सञ्जालमा अनि विभिन्न्न सञ्चार माध्यममा आएको अश्लिल शब्द प्रयोग गर्दै गाली गरिएको अडियोका बारेमा पार्टीमा छलफल हुन्छ,’ चौधरीले भने ‘विभिन्न सञ्चार माध्यम र सामााजिक सञ्जालमा यती धेरै भाईरल भैसकेको बिषयमा छलफल हुनै पर्यो नि ।’
तथापी अहिले सम्म उक्त अडियोका बारेमा कुनै कुरा नभएको पनि उनले बताए ।
